दफा १२
खेलकुद विकास समिति

(१) खेलकुदको विकास र विस्तार गर्नको लागि परिषद्ले तोके बमोजिम प्रत्येक विकास क्षेत्रमा क्षेत्रीय खेलकुद विकास समिति, प्रत्येक जिल्लामा जिल्ला खेलकुद विकास समिति र नगर तथा गाउँस्तरमा खेलकुद विकास समिति गठन गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम गठित खेलकुद विकास समितिको काम, कर्तब्य र अधिकार तोकिए बमोजिम हुनेछ ।